काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्हाङ्फेले मौलिक हक अन्तर्गत बनेका १६ वटा ऐनको नियमावली निर्माणको काम सकिएको बताएकी छिन् ।
सोमबार प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले केही नियमावली लकडाउनका कारण अघि बढ्न नसकेको बताइन् ।
गत वर्ष मौलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण भएको र त्यसअन्र्तगतका १४ वटा ऐनको नियमावली बनाउनुपर्नेमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन पहिलो संसोधन २०७५, सार्वजनिक सुरक्षा ऐन २०७५ यी दुई ऐनको आवश्यक नरहेको जानकारी गराइन् ।
अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावली महान्यायाधिवक्ताको कार्यालयमा गएको भन्दै लकडाउनका कारण छलफल हुन नसकेकोले रोकिएको उनले बताइन् । उनले भनिन्, ‘ नियमावली बनेको छ, अब कार्यान्वयमा जानेछ ।
Facebook Comments