एजेन्सी । चीनमा एक्कासी ज्वरोको औषधिकाे बिक्री ह्वात्तै बढेकाे छ ।
औषधिकाे बिक्री ह्वात्तै बढेपछि यहाँका मानिसहरूले ज्वरोको औषधिको भण्डारण गर्न थालेकाे समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ छापिरहेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त औषधिको अनलाइन बिक्री सय गुणाले बढेको छ ।
यसको पछाडिको एउटा कारण यो पनि छ कि जब देखि कोरोना भाइरस आएको छ, तब देखि यहाँका जनताको मनमा एउटा डर बसेको छ । चीनले कोभिड–१९ को शून्य नीति खुकुलो बनाए पनि कोभिडका केसहरू भने सार्वजनिक भइरहेका छन्।
मिडिया रिपोर्टका अनुसार ओसेलटैमिविर नामक ज्वरोको औषधिले चीनमा बिक्रीकाे सबै र रेकर्ड पार गरेकाे छ । ब्लूमबर्गका अनुसार मार्चको पहिलो १३ दिनमा ५ लाख ३३ हजारभन्दा बढी ज्वरोको औषधि बिक्री भएको छ । गत वर्षको तुलनामा हेर्दा यो खरिदमा औसत १२९ प्रतिशतले वृद्धि हो ।
कोरोना भाइरसका कारण मानिसहरु आत्तिएका छन् र रोकथामका लागि औषधिको भण्डारण गरिरहेका छन् । यी औषधिको एक्कासी बिक्रीका कारण बजारमा यसको स्टक घट्दै गएको र मूल्य बढ्दै गएको छ । अहिले चीनमा कोरोनाका धेरै केस नदेखिए पनि डरले मानिसहरु औषधि भण्डारण गरिरहेका छन् ।
साेही क्रममा मार्चको शुरुवाती हप्ताहरूमा, चीनमा ज्वरोका बिरामीहरू पनि बढेका छन्। गत हप्ताको ज्वरोका बिरामी दर ४२ प्रतिशत छ, जुन पहिले २५ प्रतिशत थियो। यस्तो अवस्थामा मानिसहरु आत्तिएका देखिन्छन् र औषधिको भण्डारणमा व्यस्त छन् ।












Facebook Comments