काठमाडौं। चिनियाँ कम्पनीले लगानी जुटाउन नसक्दा आयाेजनाकाे ठेक्का खाेसिएकाे छ ।
दुई ठूला परियोजना अघि बढाउन नसक्ने भएपछि उक्त आयाेजनाकाे ठेक्का नेपाली कम्पनीकाे पाेल्टामा परेकाे छ ।।
चीनको सिचुवान वाङपिङ इनर्जीले कर्णाली- १ र कर्णाली- २ को लाइसेन्स नेपाली कम्पनी रुरु जलविद्युत आयोजनालाई हस्तान्तरण गरेको हो।
कम्पनी र कर्णाली वाटर पावरबीच सहमति गरेर नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्न लागिएको हो।
कम्पनी सचिव किशोरप्रसाद घिमिरेले चिनियाँ कम्पनीसँग सर्वे लाइसेन्स लिएर अध्ययन प्रक्रिया अघि बढाउन लागिएको बताए।
उनका अनुसार चिनियाँ कम्पनीले लिएको भएपनि यी दुई आयोजना विभिन्न कारणले अघि बढाउन सकेन। अघि बढाउन नसक्ने निष्कर्षपछि रुरु हाइड्रोपावरले अघि बढाउन लागेको हो।
हुम्ला कर्णाली-१ जलविद्युत आयोजना २३५ जडित क्षमताको छ भने हुम्ला कर्णाली-२ ३३५ मेगावाट क्षमताको छ। दुवै गरि ५७० मेगावाट क्षमताका छन्।











Facebook Comments