धर्म संस्कृति माथि प्रहार गर्दै चीन

एजेन्सी । विश्वमा दवदबा कायम गर्न, अरुको खनिज पदार्थ एवं बहुमूल्य तत्व हात पार्न, चर्को व्याजदरमा ऋणको प्रलोभनमा पारेर कंगाल बनाउन धुर्त रहेका चीन विभिन्न बहानामा आफनो अनुकुल साख्न खप्पीस रहेका चीन अब धर्म संस्कृति माथि आघात पुर्याउन पछि छैनन् ।

चिनियाँ शाषकले अल्पसंख्यक रुपमा रहेका उइघर समुदायको मुसलमान, तिब्बती नागरिक, हंगकंगमा रहेका अल्पसंख्यक ताइवानी नागरिकहरु माथि दमन शोषण दिएर दुख दिदै आएका चीनले पछिल्ला समयमा दलाई लामा माथि प्रश्न चिन्ह् खडा गराउनमा जुटेका हुन् ।

दलाई लामा को हो भन्ने प्रश्न उब्जाएर भ्रम छर्नमा लागिपरेका छन् । दलाई लामाबारे संसारलाई भ्रम फैलाउँदै तिब्बत समुदायमाथि सांस्कृतिक आक्रमण त गर्ने होइन भन्ने आशंका संसारका सामु थपिएको हो । चिनिया भ्रम चिर्न अन्तर्राष्ट्रिय समुदाय समेत सचेत भएको छ ।

६ जुलाई २०२२ मा दलाई लामा ८७ वर्ष पुगे । अहिलेका दलाई लामा चीनकै कारण भारतमा निर्वासित जीवन बिताइरहेका छन् । उनको निधनपछि अर्को दलाई लामाको घोषणा चिनियाँ सत्ताले गर्न पाउनुपर्ने कुरा त्यहाँका अधिकारीले बताउँदै आएका छन् । यसले अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पारेको छ ।

अहिलेका दलाई लामाले आफ्नो उत्तराधिकारी भारतमै भेटिन सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले आफ्नो मृत्युपछि चीनले पनि अर्को दलाई लामा भेटिएको दाबी गर्न सक्ने बताउदै आएका छन् । उनले चीनको त्यो दाबीलाई कसैले पनि सत्य नमान्ने तथा सम्मान पनि नगर्ने आह्वान गरिसकेको छ ।

तिब्बतबाट निर्वासित भएको ६ दशक पुगिसके पछि केही वर्ष अगाडि नै दलाई लामाले सो कुरा बताएका थिए । तिब्बती बौद्ध परम्परा अनुसार अहिलेका दलाई लामाको मृत्युपश्चात् उनले पुनर्जन्म लिने र त्यही बालकलाई अर्को दलाई लामा घोषणा गरिने चलन छ ।

सन् १९३३ मा १३ औँ दलाई लामा थुप्तेन ग्यात्सोको निधन भएपछि दुई वर्षका ल्हामो थोन्डुपलाई अहिलेको दलाई लामाको उत्तराधिकारी घोषित गरिएको थियो । ८७ औं वर्षमा रहेका १४ औं दलाई लामा ६४ वर्षयता भारत हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासित जीवन बिताउदै आएका छन् । धर्मशालामा झन्डै एक लाख तिब्बती बौद्ध मार्गी बस्छन् ।

सन् १९५९ को मार्च १०–१७ सम्म चलेको चिनियाँ सैनिकसँगको असफल विद्रोहपछि तत्कालीन तिब्बतका राजनीतिक प्रमुख समेत रहेका लामा भारतमा शरण लिन पुगे । त्यसयता लामाले तिब्बती बौद्ध मार्गीका खोसिएको भूमि, अधिकार र धार्मिक कर्मबारे विश्वलाई बुझाउने प्रयत्न गरिरहेका छन् ।

नोबेल शान्ति पुरस्कार पाएका लामालाई चीनले भने ‘खतरनाक विभाजनकारी’ भन्दै आएको छ । चीनलाई अहिले रहेका दलाई लामाको भन्दा पनि नयाँ दलाई लामाको चिन्ता भएको बताइएको छ । ‘म पछि चीनले आफ्नै दलाई लामा उभ्याउनेछ । तर, अरूले त्यो दलाई लामा अस्वीकार गरेपछि चीनलाई थप समस्या पर्नेछ’, लामाले भनेका थिए ।

उनको कुरामा परिचित भू–राजनीतिक विश्लेषक रोबर्ट बार्नेटको पनि सहमति छ । बार्नेट हालका दलाई लामाको कालपछि दुई दलाई लामा घोषणा हुने बताएका छन् । एउटा दलाई लामाको घोषणा अहिले भएका दलाई लामाको आश्रम या वासस्थानबाट परम्परागत रूपमा हुने छ भने अर्को दलाई लामाको घोषणा चिनियाँ कम्युनिस्ट पार्टीले गर्ने छ । चीनले बारम्बार यसको कुरा सङ्केत गरी सकेको छ । उसले यो उसको अधिकारकै विषय भएको दाबी गरेको छ ।

स्वायत्त तिब्बतको माग गर्दै आएका लामाले सन् २००१ देखि भने निर्वासित तिब्बत सरकारको नेतृत्व छाडेका थिए । लामाले कुनै दिन आफूले चीन जाने अवसर पाए विश्वविद्यालयका विद्यार्थीलाई मन्तव्य दिने बताए ।

दलाइ लामाको विचारमा चीन प्राचीन सभ्यता भएको महान् देश हो । तथापि त्यहाँ अधिनायकवादी शासन रहेका कारण फर्कन समेत मन छैन । उनको दाबी थियो, ‘हाम्रो शक्ति सत्यमा टिकेको छ, चीनको बन्दुकमा’, लामाले भनेका थिए ।
दलाई लामा भारतमा बसेपछि तिब्बती स्वतन्त्रताको विषय र दलाई लामो विषय अन्तर्राष्ट्रिय क्षेत्रको चासो बन्नु स्वाभाविक नै हो । चीनको गतिविधि र उसले गर्ने घोषणामा पहिलो बाधक तथा आपत्ति जनाउने देश भारत नै हुने छ । लामाको पक्षमा रहेका भारत र चीन बीच केही वर्ष यता सीमा विवाद पनि भएको छ ।

डेढ वर्ष अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्म दिनको शुभकामना दिने क्रममा त्यो आन्तरिक समूहले गरेको निर्णयको पक्षमा रहने अभिव्यक्ति दिई सकेका थिए । त्यसको एक वर्ष अगाडि मात्र अमेरिकाले पनि तिब्बत सँग मात्र नयाँ दलाई लामो घोषण गर्ने अधिकार भएको बताइसकेको छ ।

परम्परागत मान्यता अनुसार यसरी पुनर्जन्म लिएर आएका दलाइ लामा तीब्बेतीयन बुद्धीजमका धर्म गुरु त हुने नै छन् । साथै तिब्बतका राजनीतिक नेता समेत हुने छन् । नयाँ दलाइ लामा पत्ता लगाउने एउटा मान्यता छ । सोही मान्यता अनुसार धेरै वर्ष अगाडि नै दुई स्थानलाई सम्भावना भएको स्थान मानिएको थियो ।

एउटा मङ्गोलिया तथा अर्को भारत नयाँ दलाई लामा जन्मिएको सम्भाव्य स्थान भएको जनाइएको छ । यी दुई स्थान भए पनि चीनले हस्तक्षेपकारी नीति लिएपछि यसमा आपत्ति जनाइएको हो । गत वर्ष नै अहिले निर्वासनमा तिब्बती सांसदका प्रमुख पेन्ना छिरिङले तिब्बतको आध्यात्मिक सांस्कृतिक आस्था माथि नै चीनले आक्रमण गरेकाले यो क्षम्य नहुने तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई अस्वीकार गर्ने जनाइ सकेका छन् ।

दलाई लामाले आफ्नो उत्तराधिकारी चयनको तीन बाटो पनि देखाइ सकेको छ । एउटा त परम्परागत मान्यता अनुसार पुन जन्मको मान्यता नै हो । अर्को उनी जिउँदो रहेकै समयमा उत्तराधिकारी घोषण गर्नु पनि उपयुक्त विकल्प हुनसक्छ । बौद्ध धर्मालम्वीको अनुसरण गर्ने उत्सर्जनको मान्यता पनि हुन सक्छ । यी विकल्प रहँदा रहँदै चिनियाँ सरकारको कुनै कुरा सुन्न आवश्यक नै नभएको जिकिर दलाई लामाको छ ।

कुनै समय तीब्बतीयनको धर्म गुरुमा सीमित दलाई लामा अहिले तिब्बतीको हक र अधिकार तथा अधिकारका लागि लडेका कारण संसारका लागि प्रशंसा गर्न लायक पात्र बनेका हुन्। उमेर बढ्दो भए पनि दलाई स्वास्थ्य भएका कारण नयाँ उत्तराधिकारी घोषणाको काम हतार गर्न आवश्यक नरहेको जनाइन्छ। उनी ९० वर्ष पुरा भएपछि उत्तराधिकारीको घोषणा पनि हुन सक्छ ।

सन् २०१० यता तीब्बतीयन र चिनियाँ नेताका बीच कुनै संवाद भएको छैन । यस बीचमा दुई पक्षको सक्रियता पनि बढेको छ । त्यसका बाबजुद यी दुईको सम्बन्धमा सुधार हुने कुनै सम्भावना नै देखिएको छैन ।

बार्नेटकै अनुसार चिनियाँ सत्ताले नयाँ प्रक्रिया पनि सुरु गरिसकेको छ । यसका लागि आन्तरिक चलखेलसमेत सुरु गरिसकेका छन् । धेरै धर्म गुरुलाई प्रभावमा पार्ने गरेको छ। सन् १९९५ मा दलाई लामाले पनि गेधुम चोके नियामालाई नयाँ पाल्चेन लामाको रूपमा घोषणा गरी सकेका छन् । पाल्चेन लामा दलाई लामा पछिको प्रतिष्ठित पदावधि हो ।
चिनियाँले पान्चेन लामा र नयाँ दलाइका बारे धेरै प्रोपोगान्डा मच्चाउन सक्ने कुरामा समेत तीब्बतीयनहरु सचेत हुन थालेका छन् । तिब्बत मामलामा पूर्व भारतीय सल्लाहकार अमिताभ माथुरले पनि दलाई लामा आफैले घोषणा गरेर तिब्बती मुद्दालाई आफ्नो अनुकूल बनाउन खोज्छ ।

विश्व समुदाय अहिलेदेखि नै सचेत भएकाले नयाँ दलाई आफ्नो अनुकूल घोषणा गर्ने र त्यसलाई स्वीकार गराउनका लागि चलाइने चिनियाँ प्रोपोगान्डाका पछि संसार लाग्ने छैन । श्रोत द गार्जियन

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.