काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएकाे चिनियाँ ऋणकाे तिर्नुपर्ने किस्ता २ अर्बभन्दा बढी हुँदा आम्दानी लक्ष्य ३० करोड रहेकाे छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सोही विमानस्थल निर्माण गर्दा लिएको ऋणको साँवाब्याज भुक्तानी गर्न वार्षिक २ अर्ब ४ करोड रुपैयाँको किस्ता तिर्नुपर्ने देखिएको छ ।
नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको पहिलो किस्ता १ अर्ब २ करोड रुपैयाँ चैतमा बुझाउने कार्यतालिका छ । सरकारले उक्त बैंकमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको ऋणको ग्रेस अवधि ७ वर्ष सकिएर किस्ता तिर्ने समय शुरू हुन लागेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएर यसले गर्ने आम्दानीले उक्त किस्ता तिर्न सम्भव नहुने प्राधिकरणले बताइसकेको छ । यद्यपि यो वर्षको आम्दानी लक्ष्य कार्यालयले बढाएको छ । अन्तरराष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको डेढ महीना हुन लाग्दा प्राधिकरणले सरकारलाई पहिलो किस्ताबापत उक्त रकम तिर्नुपर्ने हुन्छ ।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलको किस्ता तिर्ने अवधि चैतदेखि शुरू हुँदै छ ।











Facebook Comments