स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि प्रष्टीकरण दिएकी छन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरेकी हुन् ।

आफूले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर आत्मदाहको प्रयासपछि अस्पताल पुर्याएका प्रेम आचार्यलाई भेटेको बताएकी छन् ।

आचार्यलाई भेटन जाँदा स्वास्थ्य सम्बेदनशीलतामा ध्यान नदिएको भन्दै आलोचना भएपछि डा. कार्कीले आफू चिकित्सक पनि भएकाले स्वस्थ्य सम्वेदनशीलतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेकी छन् ।

Facebook Comments