जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल सजाय

एजेन्सी । बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविनपछि सजाय सुनाइएको हो ।

अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो । यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले लगाएका छन् ।

सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो जसमा उनले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनीसम्बन्धी जानकारी उपलब्ध गराएका थिए । ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए ।

Facebook Comments