मोरङ । निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नं ३ मा नेपाली काङग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रले डाक्टर सुनिल शर्मालाई उम्मेद्धार बनाएसँगै नेपाली काङग्रेस प्रवेशको लहर चलेको हो ।
यसैक्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य समेत रहेका युवा नेता जिवन कट्वाल नेपाली काङग्रेस प्रवेश गरेका छन् ।
उनलाई नेपाली काङग्रेसका नेता तथा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धार डाक्टर सुनिल शर्माले पार्टीमा स्वागत गरेका हुन् ।
पथरीशनिश्चरे वडा नं १० निवासी कट्वाल विभिन्न संघसंस्थाको नेतृत्व गरि नगरमै परिचित छन् ।
उनले पथरी जेसिजमा अध्यक्ष, जालपा आधारभुत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् ।
उनलाई पथरीशनिश्चरे नगरकै प्रभावशालि नेताको रुपमा लिइन्छ ।












Facebook Comments