Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं। नेपालमा वर्षेनी अरबौं रुपैयाँको चिनियाँ स्याउ विषादी परीक्षण विना नै भित्रिने गरेको छ। नेपालमा उत्पादित तरकारीमा व्यापक मात्रामा विषादी रहेको भनेर चर्चा चलिरहेको बेलामा चीनबाट आयातित फलफूल भने परीक्षण विना नै बजारमा जाने गरेको पाईएको हो।
चीनसँगको उत्तरी नाका रसुवागढी ताताेपानी नाकाबाट आयात हुने स्याउहरु उपभोक्तासम्म आईपुग्दा कुनैपनि चरणको विषादी परीक्षण हुने गरेको छैन। अचेल बजारमा छ्यासछ्यास्ती पाइने चिनिया स्याउ स्वास्थ्यका लागि हानिकारक रहेको बुझिएको छ । बढ्दो माग रहेको चिनिया स्याउको विषादी परिक्षण नै नगरी बजारमा भित्रिने गरेको छ। विना परीक्षण खाइने स्याउ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।
केन्द्रीय कृषि प्रयोगशालाकाका अनुसार चिनिया स्याउ हालसम्म परीक्षणका लागि प्रयोगशालामा आएकाे छैन । ‘‘हामी बोर्डरमा पुग्दैनौँ । भन्सार विन्दुबाट सम्बन्धित निकायले नपठाएसम्म हामीले परीक्षण गर्न सक्दैनौँ । हालसम्म परीक्षण भएको छैन ।’’ प्रयाेगशालाका एक कर्मचारीले भने ।
सरकारले विषादी परीक्षणको जिम्मा कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालालाई जिम्मा दिएको छ । केन्द्रीय कृषि प्रयोगशाला मातहत परीक्षण गर्ने ७ निकाय छन् ।
लकडाउनका कारण चीनसँगका नाकामध्ये हाल सञ्चालनमा रहेका नाकामध्ये व्यापारीक कारोबारको काम ताताेपानी नाकाबाट मात्र हुने गरेको छ । यस आधारले पनि ताताेपानी नाकाबाट सामान आइरहेको छ ।
तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र समेत केही साता अघि बुझाएका थिए । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
साेही क्रममा सरकारले यस नाकामा विषादी परीक्षणको व्यवस्थित ल्याब स्थापना गर्न सकेको छैन । चिनियाँ स्याउ निर्यातको प्रमुख देशमध्ये नेपाल पनि एक हो । झट्ट हेर्दा आकर्षक देखिने चिनिया स्याउ नेपाली बजारमा बढी मुल्य पनि पर्छ । तथापि उपभोक्ताहरुले किन्ने गरेका छन् ।
यस नाका बाट भित्रनेमा सब भन्दा बढी चिनियाँ स्याउ रहेको छ भने दोस्रो सबैभन्दा बढी भित्रिनेमा लसुन रहेको छ । केरुङ नाकाबाट तयारी कपडा, विद्युतीय सामाग्री, कस्मेटिक सामानका कन्टेनरहरु पनि नेपाल भित्रिन्छन् ।
काठमाडौंको बजारमा विक्री हुने अरु सबै स्याउहरुमा विषादी परीक्षण गर्ने गरेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत्को कालीमाटी फलफूल तथा तरकारी बजार ईकाईले चिनियाँ स्याउको भने परीक्षण गर्ने गरेको छैन। आवश्यक परेको खण्डमा बजारमा विक्री भईरहेको फलफूलको समेत नमूना परीक्षण गर्ने गरेको भएपनि अहिलेसम्म चिनियाँ स्याउहरुमा विषादी परीक्षण नभएको ईकाईका प्रमुखकाे कार्यालयले जनाएकाे छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीप चन्द्र भट्टराईले कुनैपनि प्रयोगशालाबाट चिनियाँ स्याउहरुको विषादी परीक्षण नहुनेगरेको स्पष्ट पारेका छन्। उनका अनुसार रसुवागढी भन्सार कार्यालयमा त परीक्षणको लागि कुनैपनि प्रयोगशाला नै छैन। काठमाडौंमा पनि विषादी परीक्षण हुने गरेको छैन।
के चिनियाँ स्याउ नेपाल भित्रिदा गुणस्तरको परीक्षण हुन्छ त?(भिडियाेसहित) #AbaJanataBolchhan #अबजनताबोल्छन्
Publiée par Sudur Times sur Samedi 6 juin 2020




Facebook Comments