राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।

बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको थियो ।

नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको उनिहरुको भनाई छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

Facebook Comments