लघुबीमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान, ३५ दिनभित्र पेश गर्नुपर्ने

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरी सात वटा बीमा कम्पनीलाई लाइसेन्स दिइने भन्दै त्यसका लागि प्रस्ताव आव्हान गरेको हो ।

इच्छुक कम्पनीले लघुबीमा स्थापनासम्बन्धी निर्देशिको अधिनमा रहेर प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव पेश गर्न समितिले ३५ दिनको समय दिएको छ । प्राप्त प्रस्तावहरुमध्ये उच्च अंक ल्याउनेमध्येबाट तीन वटा जीवन लघुबीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिनेछ ।

यस्ता बीमा कम्पनीको चुक्ताँ पुँजी ७५ करोड हुनेछ जसबाट ३० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आईपीओ) गर्नुपर्नेछ । काठमाडौं बाहिर कार्यालय राख्नुपर्ने यस्ता लघुबीमा कम्पनीले गर्ने बीमाको सीमा अरु ठूला कम्पनीको कम हुनेछ ।

Facebook Comments