काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवा सिफारिसमा मनपरी निर्णय भएपछि असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्।
शुक्रबार बसेको बढुवा सिफारिस समितिले मन्त्री र सचिवका सुरक्षामा खटिएका प्रहरी कर्मचारी ( पिएसओ)हरुसहित ७३ जना सईलाई इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिस गरेको हो।
उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पिएसओहरुलाई सिफारिस गरेर सिनियर सईहरुको मानमर्दन गरेको छ।
बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ। जसका कारण प्रहरी त्र ठुलो असन्तुष्टि छाएको छ ।
२०६० र २०६१ सालमा सई बनेकाहरु अब कहिले बढुवामा पर्ने हुन ? अन्योल नै बनेको छ। इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन्। भट्टराई,उत्तम सिंह भण्डारी, टुपेन्द्र श्रेष्ठ, बभिन्द्र नेम्वाङ र टंक वहाँदुर श्रेष्ठको पनि इन्स्पेक्टर बढुवामा सिफारिस भएको छ।
स्रोतका अनुसार शरण महर्जनको बढुवाका लागि बालुवाटारबाट प्रधानमन्त्रीका सल्लाहाकार राजेश ब्रजाचार्यको दबाब परेको थियो भने लोकमानसिंह कार्कीका पूर्व पिएसओ रहेका उत्तमसिंह भण्डारी पनि बढुवा सिफारिसमा पर्न सफल भएका छन् । बढुवा सिफारिसमा कतिपय कारवाही भोगेकाहरु पनि पर्न सफल भएका छन्।
Facebook Comments