पाकिस्तानमा हिन्दु किशाेरीमाथि १२ घण्टासम्म सामूहिक बलात्कार

विशेष गरी अल्पसंख्यक तथा हिन्दु समुदायमाथि अहिले पनि पाकिस्तानमा उत्पीडन राेकिएकाे छैन। डर त्रास देखाइ हिंसा तथा जबरजस्ती धर्मान्तरनको क्रम अहिले पनि जारी छ।

भर्खरै पाकिस्तानको सिन्ध प्रान्तको पीरबक्स जरवार गाउँमा एक १३ वर्षीया हिन्दू किशाेरीमाथि सामूहिक बलात्कार भएकाे घटना भारतीय सञ्चार माध्यमले जनाएकाे छ। घटना सिन्ध प्रान्तको मीरपुरखासको दिलबर खान पुलिस स्टेशन अन्तर्गतको क्षेत्रमा भएको थियो।

पाकिस्तानी मानवअधिकारकर्मी राहत अस्टिनले भने,’ ६ जना हथियारधारी व्यक्ति एक १३ वर्षीया हिन्दू किशाेरीकाे घरमा छिरे। त्यसपछि उनीहरुले किशाेरीसहित परिवारका सबै सदस्यको अपहरण गरे। त्यसपछि ती क्रूर मानिसहरूले हिन्दू किशाेरीलाई रातभर बलात्कार गरे। केटीको परिवारले उनीहरुलाइ रोक्न बिन्ती गरे तर उनीहरुले सुनेन्।

पाकिस्तानमा अल्पसंख्यकहरू विरुद्ध क्रूरता जारी छ। त्यहाँ अत्याचारका धेरै उदाहरणहरू छन्, विशेष गरी हिन्दू र सिख समुदायबिरूद्ध धेरै यस्ता घटनाहरू भएका छन् ।

अक्टोबर २०१९ मा एक हिन्दू युवतीलाई अपहरण गरी इस्लाममा परिवर्तन गरिएको थियो। पीडित हिन्दुले पछि अपहरणकारीसँग जबरजस्ती विवाह समेत गर्नु परेकाे थियाे।

गत बर्ष सेप्टेम्बरमा होस्टलको कोठामा मृत भेटिएकी नम्रता चन्दनीको हत्या भएको घटनाकाे ठिक एक महिना पछिको यो डरलाग्दो घटना भएकाे हाे।

उनी ओछ्यानमा पल्टिरहेकी थिइन्, एउटा डोरी घाँटी बाँधिएको थियो, जबकि उनी कोठा भित्र बन्द थिइन। कलेज प्रशासनले यसलाई आत्महत्या ठानेर यसलाई बेवास्ता गर्न कोसिस गर्‍यो। यद्यपि उनको पोस्टमार्टम रिपोर्टले पत्ता लगायो कि उनको होस्टल कोठामा बलात्कार पछि हत्या गरिएको थियो।

यसअघि मुस्लिम समुदायका केही युव हरूले हिन्दू विद्यालयका प्रधानाध्यापकको विरुद्ध ईश्वरनिन्दा गरेको आरोप लगाएर हिन्दू मन्दिर, पसल र अल्पसंख्यकहरूको घर तोडफोड गरेका थिए। यद्यपि पछि यो कुरा पत्ता लाग्यो कि हिन्दूहरुमाथि आक्रमण एउटा अपहरणको घटना ढाक्नलाई योजनाबद्ध रूपले गरिएको थियो। कट्टरपन्थी इस्लामी नेता मियाँ मिट्टूका सहयोगीहरूले अपहरण गरेका हिन्दू केटीलाई शरण दिने इस्लामीहरूको प्रयासलाई विद्यालयका प्रिन्सिपलले असफल तुल्यायो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.