भिसा लागेका नेपाली जापान उड्दै

काठमाडौं । भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगम आज जापानको नारिता उड्दैछ । जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको जहाज नारिता जान लागेको हो ।

नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ । यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र यसमा नेपालस्थित जापानी दूतावासको कुनै भूमिका समेत नरहेको निगमले बताएको छ ।

यसअघि कम्पनीले यसैसाता हङकङमा तीन उडान गरी नेपालीलाई हङकङ लगेको छ ।

Facebook Comments