संसदीय समितिको निर्देशन : तरकारी नष्ट गर्नेलाई कारबाही गर्नू

काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयलसंग छलफल गरेको थियो ।

बैठकपछि तीन वटै मन्त्रालयलाई विभिन्न निर्देशन दिदैं समितिले फलफूल तथा तरकारी नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘कोभिड १९ को समयमा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र यस्ता वस्तुको ढुवानी तथा बिक्रि वितरणम सहजीकरण गर्नू,’ समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

Facebook Comments