प्रदेश २ का राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

काठमाडौं । प्रादेशिक सरकारका राज्यमन्त्रीका एक जना स्वकीय सचिव र प्रदेश सभाका पाँच जना मर्यादापालक (प्रहरी)लाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिव र प्रदेश २ को प्रदेश सभाका ५ जना मर्यादापालकलाई कोरोनाभाइरस संक्रमण देखिएको हो ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको कोरोनाभाइरस परीक्षण गरिएको थियो । उनीहरुको स्वाब संकलन गरी गरिएको परीक्षणमा राज्यमन्त्री यादवको स्वकीय सचिव र ५ जना मर्यादापालकको पोजेटिभ रिपोर्ट आएको हो ।

मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Facebook Comments