प्रदेश १ का ३० जना कोरोना जितेर घर फर्के

coronavirus-thumb-img

विराटनगर । प्रदेश १ बाट आज ३० जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमित ठिक भई घर फर्कनेको संख्या ७८ जना पुगेको छ ।

कोसी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जनासमेत गरी बिहीबार उनीहरू डिस्चार्ज भएका हुन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, “अस्पतालमा चिकित्सकको निगरानीमा रही उपचारमा रहनु भई बिसेक भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।”

हालसम्म प्रदेश १ का दुई अस्पतालमा उपचारपछि फर्किएका कसैमा कोरोनाको लक्षण देखिएको थिएन तर उनीहरूमा कोरोना संक्रमण भने थियो । विराटनगरबाट आज डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । गत वैशाख ५ गतेदेखि जेठ ९ गतेसम्म भर्ना भएकाहरू छन् ।

Facebook Comments