कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि, सङ्क्रमितको संख्या ३८९ पुग्याे

कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उनले बताए ।

त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका साता, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन् ।

आज सङ्क्रमितको यो सङ्ख्यासँगै कर्णालीका कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण अनपेक्षित रुपमा दैलेखमा फैलिएपछि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । रासस

Facebook Comments