काठमाडौं । नेपालको अहिलेसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम मानिसमा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ ।
बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कर्णाली प्रदेशका ६ जिल्लाका ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । र सुदूरपश्चिम प्रदेशको ९(सबै) जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १० जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीवार थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै बिहीवारनै ३३४ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै देशका विभिन्न ठाँउका १२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments