आफूखुशी बजार खोलेर सङ्क्रमण फैलिए जिम्मेवारी काे बन्छ ? : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरेका छन् ।

“क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ ”, मुख्यमन्त्रीले भनेका छन ।

मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै भनेका छन , “सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ ।”

Facebook Comments