विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

काठमाडौं : काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ ।

बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिसमात्र सहभागी हुन दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । उनले भने– ‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ ।

Facebook Comments