नेपाली आकाशमा किन छिर्यो चिनियाँ विमान

काठमाडाैँ । पछिल्लाे समय चीनले नेपालकाे विभिन्न क्षेत्रमाथि धावा बाेलिरहेकाे छ। चीनले सबै छिमेकी राष्ट्रकाे नीति नियमलाइ समेत उलघंन गरिरहेकाे छ। साेही क्रममा आज चीनले विना कुनै जानकारी लडाकु विमान जस्तै देखिन विमान नेपाल प्रवेश गराइ निगरानी बढाएकाे छ।

चीनमा दर्ता भएकाे जहाज (बिचक्राफ्ट बि३००सी) नेपालकाे एयरस्पेस भित्रै छिरेर ३३ हजार ८ सयकाे उचाइमा सगरमाथा क्षेत्रमा घुमिरहेकाे वरिष्ठ पत्रकार कणकमाणी दिक्षीतले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरेका छन्।

नेपालकाे अनुमति बेगर चिनियाँ नेपालकाे स्पेस क्षेत्रमा आउँदा नेपालमाथि सुरक्षा चुनाैती समेत थपिएकाे छ। केही दिनअघि मात्रै राष्ट्रिय मनाव अधिकार आयाेगले चीनले नेपाली भूमि मिचेकाे प्रतिवेदन नै सरकारलाई बुझाएकाे थियो ।

आयोगले दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेकाे सरकारलाइ केही दिनअघि प्रतिवेदन बुझाएकाे छ।आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म भारत र चीनसित सीमा जोडिएका २८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरी सरकारलाइ बुझाएका हुन्।

आयोगले प्रतिवेदनमा दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको समेत उल्लेख छ । दोलखाको कोर्लाङ क्षेत्रमा पर्ने ५७ नंं सीमास्तम्भ कोर्लाङको क्षेत्रको टुप्पोबाट करिब १५ सय मिटर दक्षिणमा सार्दा नेपालको ९९ रोपनी नेपाली जमिन चीनतर्फ पर्न गएको र त्यही विवादका कारण दुई देशबीच चौथो प्रोटोकलमा हस्ताक्षर हुन नसकेको समेत प्रतिवेदनमा जनाइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.