भिआईपी जुवाडेहरुमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

Photo By Google

काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । उनीहरू सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो ।

Facebook Comments