काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिम घटनाकाे मुद्धालाई बिग्रन नदिने बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको मंगलबारकाे बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् ।
‘यो मुद्धालाई बिग्रन दिइने छैन, म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन’ महान्यायधिवक्ता खरेलले भने ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकाले बोलाएर बिहे गर्न भनी १८ जना साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ५ जनाको भेरी नदी किनारमा शव भेटिएको थियो । एक जना अझै वेपत्ता छन् । १२ जना घाइते भएका छन् ।
महान्यायाधिवक्ता खरेलले रुकुम पश्चिमको घटनामा बाहिर प्रचारमा आएजस्तो अनुसन्धानका क्रममा नदेखिएको पनि बताएका छन् ।
Facebook Comments