मुख्यमन्त्री राउत नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत छन् : विनय यादव

राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोप लगाएका छन् ।

सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित बुद्धिजीवीहरुसँग अभियानको छलफल कार्यक्रममा अध्यक्ष यादवले मुख्यमन्त्री राउतमाथि यस्तो आरोप लगाएका हुन् ।

मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए ।

अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् ।’

अब प्रदेशलाई हिन्दूमय बनाउने अठोटका साथ अभियान लागि परेको उनले बताए । चाढ़ई आन्दोलनको आधीबहेरी चलाई यस्ता तालिवानी समर्थकहरुको पत्तासाफ गर्ने उनको भनाइ छ ।

समाजसेवी चन्द्रशेखर साफीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका विशिष्ट अतिथि अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साहले आफ्नो सरगर्भिक मन्तव्य राखी कार्यक्रम सुरू गरेकी थिइन् ।

कार्यक्रममा समाजसेवी करुणा झा, शंकर सारदा, धनीलाल साह, ई. शैलेन्द्र यादव, बलदेव मण्डल, मान्ति सदा, बीपी मण्डल, सन्तोष यादव, जयनारायण यादव, दीनानाथ यादव, रामनाथ यादव, निक्की सिंह, अस्मिता मिश्र, रामप्रकाश चौधरी, रन्जन भुजेल, मनोज यादव, लक्ष्मी प्रसाद खंग, बिन्देश्वर मण्डललागयतका वक्ताहरुले आफ्नो भनाइ प्रस्तुत गर्दै अभियानको कार्यलाई समर्थन र सहयोग गर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सन्जीव दासले गरेका थिए।

Facebook Comments