खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडाैँ : खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले संयुक्तरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई सफल कार्यकालको बधाई दिँदै समाज र महासंघले संयुक्तरुपमा नीति तथा कार्यक्रम मा अघिल्ला सरकारले गरेका सम्झौता प्राथमिकताका साथ कार्यन्वयन गर्न ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा खस क्षेत्री एकता समाजसँग सरकारले गरेका चार बुँदे सम्झौता आजसम्म कार्यन्वयन नभएकोले सम्झौता कार्यन्वयन गर्दै खस जातिमाथिको राज्यद्वारा थोपारिएको अन्यायपूर्ण विभेद अन्त्य गरोस भन्ने हामी जोडदार माग गर्दछौ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.