कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

जनकपुरधाम – नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

सभापतिमा कृष्णा यादव, उपसभापतिमा विरेन्द्र सिंह र चन्द्रखेर यादव,महामन्त्रीमा उपेन्द्र यादव र वृहपति कुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादवर पशुराम चौधरी,महिला तर्फ सहमहामन्त्रीमा विन्दु यादव विजयी भएकी हुन् । यि सबै पदाधिकारी संस्थापन पक्षमा उम्मेदवार रहेका थिए ।

त्यसैगरि, खुल्लासहित विभिन्न कल्सटरमा ५६ सदस्यहरुको लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न कल्सटरमा निर्वाचित भएका थिए । निधि कोइरला समूहका सदस्यमा जीवनाथ चौधरी,सरोज कुमार यादव, रेखा कुमारी यादव, अच्छेलाल यादव, नितु झा, बिन्दा कुमारी पासवान र मो.तालअली अन्सारी विजयी भएका हुन् । बाँकी सबै संस्थापन समूहकै उम्मेदवारहरु विजयी भएका छन् ।

श्रेष्ठले ल्याइन् सर्वश्रेष्ठ मत
कांग्रेसको प्रदेश २ अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिका उपमेयर रचना श्रेष्ठ माथेमाले सर्वश्रेष्ठ मत ल्याएकी छिन् ।
महिलामा खुलातर्फ सदस्य पदमा उम्मेदवारी दिएकी श्रेष्ठले अधिवेशनमा सबभन्दा बढी १ हजार ९७ मत ल्याएकी हुन् । १ हजार ९ सय ८० जना मतदाता रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए । केहि वर्ष अघि नेपाली कांग्रेसको महिला भातृ संगठनको महाधिवेशनमा पराजित भएकी श्रेष्ठले प्रदेश अधिवेशनमा सबभन्दा बढी मत पाउँदा खुसी भएको बताएकी छन् ।

आईएसी सम्मको अध्ययन गरेकी श्रेष्ठले भनिन्,‘मधेशमा जातियभेदभाव अत्यधिक रहेको भन्छन् । तर म मधेशका अल्पसंख्यक समुदायकी भएरपनि सबैले मलाई विश्वास गरि मत दिदाँ त्यो विभेद चिरिएको छ ।’

पार्टी, समाज,देशको लागि राम्रो काम गर्नेलाई सबैले मनपराउने गरेको बताउँदै उनले भनिन्, ‘मैले गरेको मिहनेतलाई मध्यनजर गरेर साथिहरुले मलाई मतदान गर्नुभएकोमा मलाई हौस्याएको छ ।’ श्रेष्ठ कांग्रेस नेता मोहन कुमार माथेमाका श्रीमती हुन् ।

Facebook Comments