काठमाडौँ । वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ ।
भारतीय स्वतन्त्रताको अवसर पारेर महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमकाे अध्यक्षता कन्सुल जनरल नितेश कुमार गरेका थिए । दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए।
कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयले राखेकाे गुनासो सम्बोधन गरिएको थियो ।
Facebook Comments