बैतडीको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।

उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

Facebook Comments