बिक्री गर्न नपाएरै खेर गयो तरकारी

कैलाली । धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् ।

लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताए। बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ ।

“बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उनले भने, “त्यसैमा तीन/चार दिनको वर्षाका कारण झन् नोक्सानी भएको छ ।”

साना तथा ठूला होटलमा चाउमिन, मःमलगायतका परिकार बनाउन प्रयोगमा आउने बन्दा त पूरै किराले खाएर तथा कुहिएर सखाप भएको उनले बताए। “यस वर्ष अन्य वर्षभन्दा बारीमा तरकारी एकदमै राम्रो उत्पादन भएको थियो, व्यवसाय निकै फाइदामा जान्छ भन्ने आश गरेको थिएँ, तर परिणाम ठीक उल्टो हुन पुगी व्यवसायमा घाटा बेहोर्नुपर्यो”, उनले भने ।

वरिपरिका स्थानीय ग्राहक फुटकर तरकारी किन्न बारीमा आउने गरेको भए पनि त्यो बिक्रीले खासै फरक नपर्ने उनको भनाइ छ । बन्दाबन्दीअघिका दिनमा क्विन्टलका क्विन्टल तरकारी बजार जाने गर्दथ्यो तर आजभोलि थारै मात्राको बिक्रीले ठूलो परिमाणमा उत्पादन भएको तरकारी त्यत्तिकै खेर गएको हो ।

“तीन बिघाभन्दा बढी जमीन भाडामा लिई प्रत्येक वर्ष धान र गहुँ गरी दुई सिजन गरेर साहुलाई जमीनको भाडा तिर्ने गर्दर्थेँ तर यसपालि त भाडा तिर्न त परै जाओस् परिवार, बालबच्चा पाल्नसमेत मुस्किल भइरहेको छ”, उनले भने ।

विगत लामो समयदेखि व्यवसायिकरूपमा तरकारी खेती शुरु गरेका अहमदले वार्षिक आठदेखि १० लाख रुपैयाँ जति फाइदा हुने गरेको बताए । रासस

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित