कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.