जन्ती बोकेको बस दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना भएको छ। सो दुर्घटनामा बस चालकको मृत्यु भएको छ।

जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। बलेफी–५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.