सर्वोच्चमा आज प्रधानन्यायाधीश राणा र वकिलहरुबीच वारपारको लडाइ

काठमाडौं । सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुबीच वारपारको लडाइ हुने भएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले कठोर कदम चाल्ने निर्णय गरेको हुनाले आज वारपारको लडाइ हुने निश्चित देखिएको छ । कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने निर्णय गरेको हुनाले वारपारको अवस्था सिर्जना भएको हो ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार नै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराइसकेको बताइएको छ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने तयारी गरेका हुन्।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो। अमर्यादित नारा र अराजक शैलीमा प्रस्तुत भएपछि कानुन व्यवसायीमाथि प्रहरीले धरपडक गरेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.