भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले को-कोसँग गरे भेट ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँ विभिन्न मन्त्रीसहित उच्च अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार प्रधानसेनापति शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्। चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

शर्मासँग भेटवार्तापछि ट्वीट गर्दै जयशंकरले लेखेका छन्,‘उहाँसँगको भेटले हाम्रो (नेपाल–भारत) सम्बन्धको घनिष्ठतालाई जोड दिन्छ ।’

उक्त शिष्टाचार भेट पश्चात बिहीबार नै प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका थिए । नेशनल डिफेन्स कलेजमा प्रधान सेनापति शर्मालाई ‘वाल अफ अनर’मा ‘इनडक्ट’ समेत गरियो। यसरी ‘वाल अफ अनर’मा ‘इनडक्ट’ हुने शर्मा पहिलो व्यक्ति भएको पनि नेपाली सेनाले जानकारी दिएको छ । त्यस्तै शर्माले बुधबारै चिफ अफ डिफेन्स स्टाफ विपित रावतसँग भेटवार्ता गरेका थिए ।प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत भ्रमणमा छन्।

भारतको चार दिने भ्रमणमा गएका प्रधानसेनापति शर्माले बुधबार भारतीय सेनाध्यक्षको मानार्थ महारथीको पदबाट सम्मान पाएका थिए । शर्मा शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.