पाकिस्तानी दूतावासका दुई कर्मचारी पक्राउ

एजेन्सी । दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा अबिद हुसेन र ताहिर हुसेन रहेका छन्।

उनीहरूपाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई जनालाई एक भारतीयबाट संवेदनशील कागजातहरू लिइरहेको अवस्थामा पक्राउ गरिएकाे हाे।

४२ वर्षीय आबिद पाकिस्तानको पंजाब प्रान्तको शेखपुरा जिल्लाका हुन् भने ४४ वर्षीय मोहम्मद ताहिर इस्लामाबादका हुन्। दूतावासको आडमा दुबै दिल्लीमा जासूसी गर्थे I उनिहरु नक्कली भारतीय आईडी समेत बनाएका थिए।

भारतीय विदेश मन्त्रालयले दुबैलाई persona-non-grata (अनावश्यक व्यक्ति) घोषित गरेका छन् । अब दुबैले २४ घण्टा भित्र भारत छोड्नुपर्नेछ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.