दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई देश निकाला, जासुसी गर्दागर्दै एक पक्राउ

जम्मू कश्मीरको सैन्य खुफिया सूचनाको आधारमा मुम्बई पुलिस अपराध शाखाले एक ठूलो अप्रेसन चलाएको छ।

अपराध शाखाले एक जासुसलाई मुम्बईको गोवंडी क्षेत्रबाट पक्राउ गरेको छ। त्यस्तै दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई पनि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अबिद हुसेन र ताहिर हुसेन रहेका छन्।

उनीहरूपाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई जनालाई एक भारतीयबाट संवेदनशील कागजातहरू लिइरहेको अवस्थामा पक्राउ गरिएकाे हाे।

४२ वर्षीय आबिद पाकिस्तानको पंजाब प्रान्तको शेखपुरा जिल्लाका हुन् भने ४४ वर्षीय मोहम्मद ताहिर इस्लामाबादका हुन्। दूतावासको आडमा दुबै दिल्लीमा जासूसी गर्थे I उनिहरु नक्कली भारतीय आईडी समेत बनाएका थिए।

भारतीय विदेश मन्त्रालयले दुबैलाई persona-non-grata (अनावश्यक व्यक्ति) घोषित गरेका छन् । अब दुबैले २४ घण्टा भित्र भारत छोड्नुपर्नेछ।

अपराध शाखाले पक्राउ गरेकाे जासुसले जम्मू कश्मीरको रक्षासम्बन्धित सुचना दिन अवैध सिम बौक्सको प्रयोग गरी पाकिस्तान फोन गर्ने गर्थ्यो। छापा मार्दा अपराध शाखाले उक्त व्यक्तिबाट दुईवटा प्रीपेड नम्बर प्राप्त गरेको छ।

अपराध शाखाका डीसीपी अकबर पठानले यी दुबै मोबाइल नम्बरहरू मध्य प्रदेश र छत्तीसगढ़ सर्कलको प्रीपेड नम्बर रहेको बताए । उनका अनुसार बाहिर जाने धेरै कलहरू यी मोबाइल नम्बरबाट गरिएको छ र ती नम्बरहरुमा थुप्रै एसएमएसहरू पनि आउने गर्थ्यो ।

यी कलहरू मुम्बई सर्कलको पारेख कम्पाउन्डमा रहेको भारतीय तेल नगर गोवंडी सेल साइटबाट गरिन्थ्यो। यी कलहरूको संख्या सामान्य भन्दा बढी थियो। साथै, दुबै मोबाईलको आईएमईआई नम्बर पनि परिवर्तन भइरहन्थ्यो ।

अपराध शाखाले सक्रिय सिम बाकस, १ अतिरिक्त सिम बाकस, १ सिम कार्ड, ल्यापटप मोडेम, एन्टेना, ब्याट्रीहरु जफत गरेको छ।

उक्त जासुसले लद्दाख क्षेत्रका महत्वपूर्ण सैन्य सूचनाको सन्दर्भमा संदिग्ध कलहरू गर्ने गरेको थिए। उनलाई कल गर्ने व्यक्तिले गलत पहिचान बताउँथे।

अनुसन्धान अधिकारीहरूले उक्त मुद्दामा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको संलग्नता भएको आशंका गरेका छन् ।

भारतीय सीमा सुरक्षा बलले काश्‍मीरको कथुवामा पाकिस्तानी जासुस भएको आरोपमा एक परेवालाई नियन्त्रणमा लिएको एक सातापछि दुई पाकिस्तानी कूटनीतिज्ञलाई देश निकालाको आदेश जारी गरेको हो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.