चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने बताए ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनको भाषामा माउन्ट कोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

‘त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? २७ मेमा देखाएको छ चाइना सिन्ह्वा न्युजले देखाउँछ त्यहाँ चिनियाँहरू गएर फाइभ जी टावर पनि लगाएका छन्’, सांसद शाहले भने, ‘नेपाल–चीनबीच सहमति भएर मात्रै त्यहाँ सर्वे टिम पठाउनुपर्ने थियो ।’

Facebook Comments