थ्री इडीयटका वान्चुक भन्छन्: चीनलाई बुलेट होइन वालेटले जबाफ दिऔँ

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

एजेन्सी । लद्दाखमा भारत- चीन बीच तनाव बढेको बेला सोनम वानचुकले चीनलाई पाठ सिकाउन ‘बुलेट नट वालेट’को नारा दिएका छन्। उनले चीनको सबै चीजहरूको बहिष्कार गर्न आग्रह गरेका छन।

यी तिनै वान्चुक हुन जसको जिबनमा आधरित रही आमिर खानको सुपरहिट फिल्म थ्री इडियट्स बनाईएको थियो । चीनले लद्दाखमा आँखा लगाइरहेको बेला वानचुकले नौ मिनेटको एक भिडियो सन्देश जारी गरेका छन, जुन अहिले इन्टरनेटमा भाइरल बनेको छ।

शिक्षा सुधारवादी अभियन्तासमेत रहेका वानचुकले सो सन्देशमा चीनबिरूद्धको युद्ध भारतीयले चिनियाँ सामानको बहिष्कार गरी जित्न सक्ने बताएका छन्। उनले सो भिडियो सामाजिक संजालमा पोस्ट गर्दै सबै भारतीयलाई वालेटको शक्ति प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले सर्बप्रथम एक हप्तामा चिनिया सफ्टवेयर र एक बर्षमा चिनियाँ हार्डवेयर बहिष्कार गर्न अपिल गरेका छन्।

भिडियोमा उनले भारतीयहरूलाई चिनियाँ उत्पादनको बहिष्कार गर्न र चिनिया मोबाइल एप हटाउन सुझाब दिएका छन् । भिडियो यूट्यूबमा पोष्ट गरिएको थियो र शिर्षक राखिएको थियो कि चीनले सेनालाई गोलीबारीको साथ जवाफ दिने छ, नागरिकहरू वालेटका साथ जबाफ दिऔ ।

‘एक हप्तामा चिनियाँ सफ्टवेयर’ र ‘एक बर्षमा चिनियाँ हार्डवेयर’ छोड्ने सन्देशसहित उनले यसमा जोड दिएका छन् कि यदि भारत र विदेशमा बस्ने भारतीयहरूले चीनमा बनेका बस्तुहरु बहिष्कार गर्ने निर्णय गरे भने चीनको अर्थव्यवस्था धरमराउने छ र सायद यसले चिनियाँ सरकारको पतन गर्नेछ।

वानचुक भन्छन् कि चीनले जानाजानी सीमाको छेउमा तनावपूर्ण अवस्था सिर्जना गर्दैछ ताकी जनताको ध्यान आफ्नो आन्तरिक अशान्तिबाट हटोस।

Facebook Comments