रुकुम हत्या प्रकरण: प्रहरीको कुटाइबाट ४ जना गम्भीर घाइते, ट्रमा अस्पतालमा उपचार हुँदै

काठमाडौ । रुकुम हत्या प्रकरणको घटनमा पीडितको पक्षमा प्रर्दशनमा उत्रेको सयुक्त राजनीतिक दलित संघर्ष समितिका केही युवामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। समितिले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै चार युवामाथि प्रहरीले कुटपिट गरेको हो।

प्रहरीले पानी फाल्नुका साथै बिरोध कार्यक्रममा उभिएका युवाहरु माथी लाठी प्रहार गरेको हो । प्रहरीको हस्तक्षेपबाट निर्मम कुटाइ खानेमा नेपाल दलित मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य टेक बहादुर बिकसहित अन्य तीन जना रहेका छन् । घाइतेहरुको अहिले ट्रमा अस्पतालमा उपचार भैरहेको छ ।

तर जायज कुरोको लागी प्रदर्शनमा उत्रिएका नेपाली नागरिक माथी कहर बर्साएको यो त्यही प्रहरी हो जसले केही हप्ता पहिले मात्र डिएसपीमाथी नै हातपात गर्ने चिनिया नागरिकलाई केही गर्न सकेन | देशको मुटु र नेपालीको शान सिंहदरबार सामुन्ने नै प्रहरीमाथी हिंसक व्यबहार गर्ने चिनियाँलाई केहि गर्न नसक्ने प्रहरीले शान्तिपुर्ण प्रदर्शन गरिरहेका नेपाली जनतामाथी लठ्ठी बजारेको छ । यो पक्कै पनि सहि कुरो होइन I हिंसक चिनियाँमाथी पाहुनाको व्यबहार गरिनु तर शान्तिपुर्ण नेपालीमाथी क्रूर व्यबहार हुनुको सम्पुर्ण नेपालीले बिरोध गरिरहेकाे छ।

जेठ १० गते केही साथीहरुसंग आफ्नी प्रेमिका लिन गएका नवराज विकलाई जातीय आधारमा गाली गलौज, अपमान सहित गाउलेहरुले उनी सहित उनका साथीहरु ५ जनालाई लखेटी–लखेटी मारेर भेरी नदिमा फालिदिएका थिए। घटनाका दोषीहरुलाई कारबाही गर्न उनीहरुले  माग गर्दै उनीहरु प्रदर्शनमा उत्रेका थिए । घटना स्वयम वडा अध्यक्षको रोहोबरमा भएको र लखेटेर कुटपिट गरी नवराज लगायत उनका साथीहरुलाई मारेर भेरीमा फालेको पीडितहरुको भनाइ छ ।

कसैका हात बाधेर फालेको , कसैको टाउको भरी धारिलो हतियारले हानेको अबस्थामा भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै बेपत्ता रहेको छ । अवस्थामा निष्पक्ष छानविन गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक नरसंहार हो भन्दै पुर्ब देखि पश्मिमसम्म घटनाका दोषीहरु माथी कडा कारवाहीको माग गर्दै पार्टी , संगठन र अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् । आन्दोलन देशैभरी चर्केको छ ।

Facebook Comments