एमसीसी पारित नगर्न विप्लवले दिए ओली र देउवालाई चेतावनी

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगर्न प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।

व्यपाक जनमत एमसीसीको बिरुद्ध हुँदा हुदै पनि काँग्रेसको समर्थनमा एमसीसी पास गर्न सत्तारुढ पार्टी लागि परेको भन्दै यसलाई कुनै पनि हालतमा अनुमोदन नगर्न विप्लपले चेतावनी दिएका हुन। महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा सहीछाप नगर्न सत्तारुढ नेकपालाई चेतावनी दिएका छन् ।

‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’ विप्लवको विज्ञप्तिमा भनिएको छ ।

एमसीसी पारित भए प्रतिरोध गर्ने चेतावनी दिदै विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । जस अनुसार जेष्ठ १९ र २० गते एमसीसी जलाउने, २१ गते प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला जलाउने, जेष्ठ २२ गते मशाल बाल्ने सहित आम हड्ताल सम्म गर्ने घोषणा गरेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.