काेराेना भाइरसले दुई वर्षीया बालिकाकाे मृत्यु

धनगढी । बजुराकी दुई वर्षीया बालिकाको काेराेना भाइरसले मृत्यु भएकाे छ।

बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको भएपछि मृत्युकाे कारण खुलेकाे हाे। बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

Facebook Comments