नयाँ बानेश्वरकाे एक कम्प्लेक्समा लागेकाे आगो प्रहरीद्वारा नियन्त्रण

काठमाडौं । नयाँ बानेश्वर शंखमूलमार्गमा रहेको अर्याल होटलसँगै रहेको कम्प्लेक्समा लागेको आगो निभाइएको छ । होटेलसँगैको कम्प्लेक्समा आइतबार दिउँसो लागेको आगो प्रहरी र स्थानियले निभाएका हुन् ।

भवनमा आगलागी हुने बित्तिकै बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । कम्प्लेक्सको २ तलाबाट शुरु भएको आगो अन्यत्र फैलिन नपाउँदै नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले निभाएको हो ।

कम्प्लेक्समा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट कम्प्लेक्समा लकडाउनको कारण बन्द अवस्थामा रहेको व्युटी पार्लरसहित केही पसल जलेका छन् ।

Facebook Comments