परीक्षणको दायरा बढाउन माग

काठमाडौ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले बताए।

उन्का अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।

“बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ । ” उन्ले भने।

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताए । लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन उन्ले सुझाव दिए ।

स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उन्को भनाइ छ । काठमाडौँ उपत्यकामा हालसम्म पनि क्वारेन्टिन सञ्चालन गरिएको छैन । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.