काठमाडौं । अन्तर्जातीय प्रेमले रुकुममा भएकाे घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो ।
टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।
Facebook Comments