रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण कार्य सम्पन्न

पाेखरा । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।

निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो ।

सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा अभ्यास मैदान तयार गर्ने योजना थियो । सोहीअनुसार सरकारले बजेट विनियोजन गरे पनि अभ्यास मैदान सागमा तयार भएन ।

मैदानको काम अलपत्र परेपछि राष्ट्रिय खेलूकद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले बन्दाबन्दीमै काम शुरु गर्नुभएकामा दुई महिनामा सबै काम सकिएको हो । मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ । कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिए।

मैदान दुई महिनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ । सो फुटबल रङ्गशालामा ३०० देखि ४०० जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा शुरु गरिने बताइएको छ ।

पोखरा रङ्गशालाभित्रको मुख्य फुटबल रङ्गशालाको काम भने जारी बन्दाबन्दीका कारणले रोकिएको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५०० दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ ।

भिआइपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम बन्दाबन्दीले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताए । पछिल्लो समय प्यारापिटको क्षमता वृद्धि गरेर २० हजार दर्शक क्षमताको बनाउने राखेपले तयारी गरेको थियो । रासस

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित