टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध रहेको छ । यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ एप हुनेछ जसमा प्रयोगकर्ताले कुनै पनि गीतमा आफ्नो भिडियो तयार गरी अपलोड गर्न सक्दछन् ।

आफ्नो आधिकारिक पोष्टमा फेसबुकले भनेको छ, ‘कोल्याबसँगै हामीले प्रविधिलाई सहज बनाइदिएका छौं जहाँ मानिसहरूलाई मूल सांगीतिक भिडियोसँगै मिलेर आफ्नो सिर्जनात्मक क्षमता प्रष्फुटित गर्न सक्नेछन् ।’

यो एपमा प्रयोगकर्ताले कुनै संगीतमा आफ्नो छोटो भिडियो तयार गर्न सक्दछन् । यस्तो भिडियो तीन भागमा बाँडिएको हुन्छ र तिनवटै भिडियो एकपछि अर्को गर्दै आउँदछन् । तीनवटा भिडियोका संगीतमा फरक–फरक वाद्यवादनको प्रयोग गर्न सकिन्छ वा आफूले एक भाग रेकर्ड अरू दुई भाग अन्य दुईजना साथीलाई रेकर्ड गरेर तीनजनाको भिडियो एकसाथ मिसाएर एकीकृत भिडियो तयार पार्न सकिन्छ ।

भिडियो सिर्जना गरेसँगै प्रयोगकर्ताले त्यसलाई आफ्नो वालमा पोष्ट गर्न सक्दछन् । त्यसरी पोष्ट गरिएका भिडियोहरू अन्य प्रयोगकर्ताले हेर्न तथा त्यसैलाई प्रयोग गरेर आफ्नै भिडियोहरू पुनः सिर्जना गर्न सक्दछन् । कोल्याबमा पोष्ट गरिएका भिडियोहरू इन्स्टाग्राम, फेसबुक स्टोरिज तथा अन्य प्लाटफर्ममा पनि सेयर गर्न सकिन्छ ।

पछिल्लो समय एकपछि अर्को नयाँ सेवाहरू ल्याइरहेको फेसबुकले हालैमात्र आफ्नो ग्रुप कलिङ एप क्याचअप सार्वजनिक गरेको थियो । क्याचअप एपको फेसबुकले अहिले अमेरिकामा परीक्षण गरिरहेको छ । केही एप्पल तथा एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । यो नयाँ एपमा ८ जनासँग ग्रुप कलमा जोडिन सक्दछन् । एजेन्सी

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित