प्रहरी हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार यादव पक्राउ

सिरहा । सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ ।

गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ । पक्राउ परेका यादव हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.