उपत्यकामा भित्रभित्रै कोरोना फैलिसकेको आशंका, अझै ३ हप्ता जोखिममा रहने विज्ञको चेतावनी

काठमाडौं – पछिल्लो समयममा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। दैनिक एक पचास बढी संक्मित थपिने गरेका छन्। सरकारले परीक्षणको दायरा बढाएसँगै संक्रमित पनि थपिएका हुन्।
पछिल्लो समयमा भारतबाट दैनिक हजारौं मानिसहरु भित्रिरहेका छन्। यसले संक्रमण अझैं बढ्ने अनुमामन छ।

तराईका जिल्लामा मात्रै होइन कोराना संक्रमण काठमाडौं उपत्याकामाम समेत व्यापक फैलिसकेको हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। जसले गर्दा काठमाडौं, भक्तपुर र ललितपुरमा महामारीको जोखिम बढेको उनीहरुको भनाइ छ।

उपत्यकामा हाल ३५ जना संक्रमितको उपचार भइरहेको छ भने दुई जनाको ज्यान गइसकेको छ। संक्रमितमध्ये काठमाडौंका १८, भक्तपुरा ४ र ललितपुरका १ गरी २३ जना छन्। बाँकी अन्य जिल्लाका रहेका छन्।

यी केसहरुलाई नजिकैबाट विश्लेषण गरिरहेका जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम तीव्र रुपमा बढेको बताए।

उनले टिचिङ अस्पतालमा बच्चा जन्माएकी महिला र बुङमतीका व्यक्तिको मृत्युले पनि उपत्यकामा कोरोना संक्रमण फैलिसकेको देखिएको बताए।

संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ ड. अनुप सुवेदीले उपत्यकाको फरक–फरक र बाहिरबाट सम्पर्क नभएको ठाउँमा संक्रमित भेटिनु र केहीको मृत्यु हुनुले संक्रमण तीव्र रुपमा फैलिसकेको संकेत गर्ने बताए।

उनले यसलाई ठूलो खतराको घण्टी भन्दै कहाँ कहाँ र कता कता फैलियो भनेर टे«सिङ गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए।

काठमाडौंमा विगत दुई हप्ताभित्रमा व्यापक मात्रामा संक्रमण फैलिएको हुनसक्ने र यो संख्या अझै दुई तीन हप्तामा तीव्र रुपमा बढ्ने उनीहरु बताउँछन्।

अझै ३ हप्ता जोखिममा उपत्यका
लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रिने सवारी चाप बढ्ने र त्यसले संक्रमण झन् फैलाउने विज्ञहरुको चिन्ता छ।

उनीहरुले अबको तीन हप्ता काठमाडौंमा संक्रमितको संख्या तीव्र रुपमा बढ्ने र त्यसपछि कम हुँदै जाने बताए। लक्षण नदेखिएपनि त्यस्ता व्यक्तिको पहिचान गरेर आइसोलेट गर्नुपर्ने उनीहरुको सुझाव छ।

Facebook Comments