‘डब्ल्युएचओसँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भयो’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

‘डब्ल्युएचओ चीनको नियन्त्रणमा छ, जबकी अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ,’ ट्रम्पले भने, ‘डब्ल्युएचओलाई ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो ।’

डब्ल्युएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने उनले घोषणा गरेको सिएनएनले जनाएकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.