आतंकबादी संगठनका कमाण्डर सलाहुद्दीनमाथि संघातिक हमला, अवस्था गम्भीर!

इस्लामाबाद। इस्लामाबादको राजधानीमा हिजबुलका कप्तान सैयद सलाहुद्दीनमाथि संघातिक रूपमा हमला भएकाे छ। स्राेतका अनुसार सलाहुद्दीन गम्भीर घाइते भएका छन्। आक्रमण मे २५ बिहान ११ बजे भएकाे थियाे। पाकिस्तानी खुफिया एजेन्सी आईएसआईलाई यो हमलाको योजना बनाएको आरोप लागेको छ। भनिन्छ कि विगत धेरै दिनदेखि आईएसआई सलाहुद्दीनसँग रिसाएको थियो, जसको कारण उनीमाथि घातक हमला गरिएकाे हाे।

अहिले सलाउद्दीनको स्वास्थ्यको बारेमा धेरै जानकारी छैन। यस आक्रमणको प्रत्यक्ष सम्बन्ध आईएसआई र सलाउद्दीनको बीचमा भएको वादविवाद भएको स्रोतको विश्वास छ।
 
स्राेतका अनुसार हिजबुल मुजाहिद्दीनले हालसालै आईएसआई समर्थन नपाएकोमा सलाउद्दीन दुखी थिए। हिजबुल आतंककारीहरूले प्रशिक्षण र हतियार प्रदान नगरेको धेरै रिपोर्टहरू पनि आएका छन्। स्रोतहरूले यो पनि विश्वास गर्छन् कि दक्षिण कश्मीरको पुलवामामा हिजबुल कमाण्डर रियाज नाइकूको हत्याबाट सालाउद्दीन दुःखी भएका थिए र पाकिस्तानी एजेन्सीहरूबाट रिसाएकाे थियाे।

सैयद सलाहुद्दीन को हुन्?
सलाहुद्दीन आतंकवादी संगठन हिज्बुल मुजाहिद्दीनका प्रमुख हुन् भने उनी संयुक्त जिहाद काउन्सिलका अध्यक्ष पनि हुन । १८ फेब्रुअरी १९४६ मा जम्मू कश्मीरको बडगाममा जन्मिएका सलाहुद्दीनले कलेज पछि आतंकवादको बाटो रोजेका थिए।

काश्मिर छोडेर सलाहुद्दीनले पाकिस्तानमा बेस निर्माण गरे भने पठानकोट एयरबसमा आतंकी हमलामा सलाहुद्दीनको हात रहेको भारतले आरोप लगाउँदै आएको छ।

अमेरिकाले सलाहुद्दीनलाई विश्व आतंकवादी घोषणा गरेको छ। समाचारका अनुसार, पीओकेमा हिजबुल आतंककारीहरूसँगको भर्खरको वार्ताको क्रममा सलाउद्दीनले आईएसआईको खुलेर आलोचना गरेका थिए ।

पीओकेका स्रोतहरुका अनुसार आईएसआईले सलाउद्दीनलाई पाठ सिकाउन र अन्य आतंककारीहरुलाई डराउने उद्देश्यले आक्रमण गर्ने योजना बनाएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.